आत्मसर्मपणका लागि सञ्जयलाई ४ हप्ताको समय
केही सिनेमाको छायांकन बाँकी रहेकाले नायक संजय दत्तले सर्वोच्च अदालतमा आत्मसर्मपणका लागि समय थपको आग्रहसँगै दिएको निवेदनमा सुनुवाई भएको छ । संजयले आफुलाई आत्सर्मपण गर्नका लागि ६ महिनको समय दिन आग्रह गरेका थिए । तर सर्वोच्चले वुधबार संजयलाई ४ हप्ताको राहत दिएको हो ।
सन् १९९३ मा मुम्बइमा भएको बम काण्डमा सहयोग गरेको र हतियार लुकाएर राखेको आरोपमा संजयलाई सर्वोच्चले ५ बर्षको जेल सजाय सुनाएको हो । केही सिनेमाको काम गर्न अझै बाँकी रहेकाले संजयले सर्वोच्चमा समय थपिदिन आग्रह गरेका हुन् ।