के छापियो बिहीवारका दैनिक पत्रिकामा ?
आज मिति २०६९ साल चैत २२ गते बिहीवार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले नेपाल एसीसी टी-२० कपको उपाधी उपबिजेतामा सिमिति हुनुपरेको खवरलाई प्राथमिकताका साथ छापेका छन ।
कान्तिपुर दैनिकले चुनावको मिति तोक्न एमाओवादी अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई दबाब दिएको र लोकमानसिंह कार्की अख्तियारमा नियुक्तिका लागि अयोग्य नै रहेको भन्दै अख्तियारका सचिवले पत्र पठाएको खवरलाई मुख्य पृष्ठमा छापेको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले चुनावको मिति जेठपछि मात्र घोषणा गर्ने सरकारी तयारी रहेको र जनआन्दोलनमा लोकमानसिंह मात्र दोषी नरहेकाले उनलाई मात्र दण्डित गर्न नहुने समाचार छापेको छ । कार्कीसम्बन्धी समाचारमा भनिएको छ- रायमाझी आयोगले तत्कालिन सैनिक अधिकारी प्रज्वलशमसेर राणा, रुक्माङ्गद कटवाल र कुलबहादुर खड्काको नाम जोडेको भएपनि उनीहरु पदोन्नतीमा परेका थिए ।’
नागरिक दैनिकले एमाओवादीसँग नयाँ चिनियाँ नेतृत्व नजिकिएको र सुरक्षा सेवा आयोग बनाउन नेपाल प्रहरीले अस्वीकार गरेको खवरलाई प्राथमिकताका साथ छापेको छ ।