ट्याक्सी दुर्घट्नमा दुईजनाको मृत्यु, ७ घाइते २ को अवस्था चिन्ताजनक

पाँचथरको दशमी वलने सडक खण्ड अन्तर्गत वलने गाँउ बिकास समितिमा गए राती भएको ट्याक्सी दुर्घट्नामा दुईजनाको मृत्यु भएको हो । बिरामी लिएर हाङगुमबाट दमकतर्फ जाँदै गरेको मे १ ज ५९५ नम्बरको ट्याक्सी पल्टँदा वलने हाङगुम ४ का केवल कुरुम्वाङ र पुर्ण कुरुम्वाङको घट्नास्थमै मृत्यु भएको हो ।

दुर्घटनामा चालक प्रनाथ आले सहित ७ जना घाइते भएका छन । घाइते मध्ये ५२बर्षीय कालिमाया तामाङ र ५८ बर्षीय रेशकुकारी तामाङको अवस्था गम्भिर छ । दुर्घटना राती नौ बजे भएको थियो । दुर्घट्नामा परेका सबै एउटै परिवारका सदस्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेहरुलाई उपचारारार्थ दमकतर्फ पठाउनुका साथै मृतकलाई पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पाँचथरका प्रहरी प्रमूख दीपसमसेर राणाले जानकारी दिए ।