अमेरिकाद्वारा उत्तर कोरियाको गतिबिधि रोक्न चीनसंग आग्रह
अमेरिकाले उत्तर कोरियाको भड्काउ गतिबिधि रोक्नको लागी चीनसंग आग्रह गरेको छ। अमेरिकाले उत्तर कोरियाको पछिल्लो आक्रमक गतिबिधिलाई नियन्त्रणमा राख्न चीनसंग आग्रह गरेको हो। दक्षिण कोरियाको भ्रमणको पुर्वसन्ध्यामा अमेरिकाका बिदेशमन्त्री जोन केरीले चीनलाई उत्तर कोरियासंग वार्ता गरी कोरियाली प्रँयद्विपमा शान्ति कायम राख्न आग्रह गरेका छन्।
उनले चीनले कोरियाली राष्ट्रमा शान्ति कायम गर्न आवश्यक कदम उठाउनुपर्ने समेत बताएका छन्। दुई कोरियाली राष्ट्रको बढ्दो तनावका बीच केरी दक्षिण कोरियको भ्रमणको जान लागेका हुन्। केरीको साथमा आएका अमेरिकी अधिकारीहरुले भने उत्तर कोरिया र चीनको सम्बन्ध सम्पुर्ण बिश्वलाई थाहा भएको र चीनले नै आफ्नो प्रभावद्वारा उत्तर कोरियालाई नियन्त्रणमा राख्न सक्ने बताएका छन्।
बिदेशमन्त्रीमा नियुक्त भएयता केरीको यो पहिलो एसिया भ्रमण हो। यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि उत्तर कोरियालाई तनावको स्थिती कम गरी वार्ताबाट समस्याको समाधानको लागी आग्रह गरेका थिए। उत्तर र दक्षिणबीच गत फेब्रुअरी देखि सुरु भएको तनाव बढ्दै युद्धको संघारमा पुगेको छ।