यही हो 'नेपाल कहिले भारतबाट छुट्टै राज्य भयो ?' भनेर बिबिसीमा लेख्ने
१ बैशाख, काठमाडौं ।
'बुद्ध नेपालमा जन्मेका हुन, सगरमाथा नेपालमा पर्छ' यो सत्यतालाई विश्वभर स्थापित गर्न रवि लामिछानेले ६२ घण्टा १२ मिनेट लामो अन्र्तवार्ता लिएर विश्व रेकर्ड कामय गरे । सानो तर विषय भन्दा अन्यकुरालाई प्राथमिकता दिएरै भएपनि वल्र्ड मिडियाको पगरी गुथेको बिबिसिले यो समाचारलाई उसको अनलाईनमा राख्यो ।
अनलाईनमा राखेको समाचार सामाजिक संञ्जाल फेसबुकबाट समेत बिबिसीले यसलाई सेयर गर्यो । बुद्ध नेपालमा जन्मेको कुरा, सगरमाथा नेपालमा पर्ने सत्यतालाई भ्रमित पारेर मागी खाने भांडो बनाउँदै आएको भारतीय शासककै शैलीमा एक भारतीयले विविसिले सेयर गरेको समाचारमा गएर आफ्ना शासकको ओठ ढाक्दै लेखे नेपाल कहिले भारतबाट छुट्टियो ? सन्जय सुत्रधार नाम गरेका ति भारतीय भारतमै बस्छन । तिनको फेसबुक हेर्दा केही पढेलेखेका जस्ता पनि देखिन्छन् ।
तर भारतीयहरु यतीसम्म मुर्ख र अज्ञानी छन् वा भारतीय शासकहरुले आफ्ना नागरिकलाई यति सामान्य ज्ञान समेत पढाएको देखिएन कि नेपाल कहिल्यै भारत जसरी बिदेशीको दास भएन ।
अनि नेपालमा बुद्ध जन्मेका हुन, सगरमाथा नेपालमा पर्छ भन्ने ज्ञान समेत आफ्ना केही बुज्रक नागरिकलाई समेत सिकाउन नसकेको देख्दा लाग्छ भारतीयलाई सामान्यज्ञान दिन भारत सरकारले सामान्यज्ञान कक्षा देशैभर सुरु गर्नुपर्छ ।
किनकी संजय जस्ता पढेलेखेकाले त नेपालको सत्यता र बिर गाथा थाहा पाएका छैनन भने भारतीय मिडियामा लागेका केही जानेबुझेकाले नेपालबारे के नै थाहा पाएका होलान् र तिनले नेपालबारे सत्यकुरा दिन सकुन् । तब थाहा हुन्छ भारतीय मिडियाले समेत बुद्ध भारतमा जन्मेका हुन् र सगरमाथा भारतमा पर्छ भन्नेकुरा तिनका विवेकले दिएका हैनन् तिनका शासकले घोकाएका पाठ ओकलेका मात्र हुन् ।
तपाई तलको फेसबुक लिंकबाट नेपाल भारतको उपनिवेश छ भन्ने खालको अभिव्यक्ति दिने संजय सुत्रधार नामका भारतीयलाई जवाफ फर्काउन सक्नुहुन्छ ।