दाइजो नल्याएको भन्दै जिउँदै जलाएर मारिए महिला
जितेन्द्रकुमार झा, राजविराज, चैत २४- दाइजो र अंशको निहुँमा सप्तरी डिमन गाविस-३ की एक महिलालाई जिउँदै जलाएर मारिएको आरोप माइती पक्षले लगाएको छ। पति र ससुराली पक्षविरुद्ध लामो समयदेखि अंश मुद्दा खेप्दै आएकी ३५ वर्षीया संयुक्ता देवलाई उनका सासु, श्रीमान, जेठाजु, देवर र देउरानीले जिउमा मट्टितेल खन्याएर आगो लगाएको माइती पक्षको आरोप छ।
गत सोमबार राति ९ बजे घरैमा आगोले जलेर गम्भीर घाइते संयुक्ताको उपचार क्रममा बिहीबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। शरीरको झण्डै ९० प्रतिशत भाग जलिसकेकाले संयुक्तालाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ। संयुक्ताका सुराली पक्षले खाना पकाउँदै गर्दा साडीमा आगो सल्केर घटना भएको बताएका छन्।
शुक्रबार मृतकका पिता राजविराज-७ का जामुनप्रसाद चौधरीले दाइजो र अंशको निहँुमा छोरीलाई जिउँदै जलाएर मारिएको बताए। उनले भने, 'मागेजति दाइजो दिन नसक्दा छोरीलाई जलाइएको हो, हत्यारालाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।' संयुक्तालाई उनका सासु मायादेवी, जेठाजु राजकुमार, पति शिवकुमार, देवर विनयकुमार, अशोककुमार तथा देवरानी कविता देवसमेत मिलेर मारेका संयुक्ताका बुबा चौधरीले आरोप लगाए।
चौधरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नम्बर वमोजिम हदैसम्मको सजाय तथा क्षतिपूर्ति समेत भराई पाउन जाहेरी दर्ता गराएका छन्। २०५४ सालमा संयुक्ताको विवाह डिमन-३ का शिवकुमार देवसँग भएको थियो। विहेमा क्षमता अनुसारको दाइजोसमेत आफूहरुले दिएको चौधरीको भनाइ छ। तर, विवाह भएको चार/पाँच महिनादेखिनै थप दाइजो मागेर संयुक्तालाई शारीरिक र मानसिक यातना दिन थालिएको माइती पक्षको दाबी छ।
२०६२ सालमा छोरो रोशन जन्मेपछि पतिलगायतले यातना दिन थालेकाले उनी सात वर्षदेखि उनी माइतीमै बस्दै आएकी थिइन्। गत माघ १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरीसमेतको रोहवरमा संयुक्तालाई अंश दिने र आइन्दा यातना नदिने सहमति पतिलगायतले गरेपछि उनी घर फर्केकी थिइन्।
उक्त सहमतिको भोलिपल्टदेखिनै संयुक्तासँग पुरानै व्यवहार दोहर्याउन थालेको माइती पक्षको भनाइ छ। घरको विवाद सार्वजनिक गरी प्रहरीसम्म पुर्याएको भन्दै भोपिल्टैदेखि छोरीलाई अझ बढी शारीरिक र मानसिक यातना दिन थालेको संयुक्ताका वुवाले वताए।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ। सप्तरी प्रहरी प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले घटनास्थलको अवलोकन, पोष्टमार्टम रिपोर्ट, घटनास्थल छिमेकीसँग सोधपुछलगायत काम द्रुत गतिमा भइरहेको बताए। दोषी पाइएको खण्डमा कसैले पनि उन्मुक्ति नपाउने उनको भनाई छ।
आरोपी पक्ष भन्ने सम्पर्कमा छैन। घटनाबारे प्रतिक्रिया लिन पटक-पटक सम्पर्क गर्न खोज्दा सम्भव भएन। घटनाको दिन उनीहरुले खाना पकाउँदै गर्दा संयुक्ताको साडीमा आगो सल्किएर दुर्घटना भएको प्रहरीलाई बताएका थिए।