कतारमा हृदयघात भई मृत्यु भएका सागरको शव नेपाल पठाइयो

गणेश वानियाँ, कतार - हृदयघात भई अप्रिल १७ तारिखमा मृत्यु भएका सागर हरिजनको शव सोही कम्पनीमा कार्यरत झापा निवासी सुवास वर्देवाको साथ २७ अप्रिल २०१३ मा नेपाल पठाइएको छ ।



एक निर्माण कम्पनीमा बिगत ९ महिना देखि कार्यरत रहेका पथरीया १ झापाका सागर हरिजनको निधन सुतिरहेको अवस्थामा हृदयघातका कारण भएको थियो ।

२३ वर्षीय हरिजनको घरमा श्रीमती, १ छोरी, आमा–वुवा र भाई रहेका छन् । मृतकका बुवा गणेश हरिजन समेत सोही कम्पनीमा कार्यरत रहेका थिए र हाल उनी नेपालमा छुट्टीमा रहेका छन् ।

नावालाक छोरीको शिक्षामा सहयोग होस् भन्ने हेतुले संगै कार्यरत रहेका साथीहरुल कतारी रियाल पाँच हजार आठ सय सहयोग संकलन गरी वुवा गणेश हरिजनको नाममा नेपाल पठाइएको सोही कम्पनीमा कार्यरत दिल ब. खड्काले जानकारी दिनुभयो ।