सुनको मूल्य हवात्तै घट्यो, प्रति तोला ४८ हजारसम्म झर्न सक्ने

३ बैशाख, काठमाण्डौ । सुनमा मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहने भएको छ । सोमबार प्रतितोला ३ हजार ३ रुपैयाँ घटेको सुनको मूल्य आज थप चार हजार रुपैयाँसम्म घटन सक्ने अनुमान गरिएको छ ।



नेपाल सुनचाँदी ब्यबसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ३ सय २७ डलरमा कारोबार भइरहेको छ । नेपाली समयअनुसार बिहान ११ बजेसम्म यही मूल्य कायम रहे नेपाली बजारमा प्रति तोला सुनको मूल्य ४८ हजारसम्म झर्न सक्ने शाक्यले बताउनुभयो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस एकहजार चारसय ५० डलरमा कारोबार हुादा नेपाली बजारमा सुन तोलाको ५२ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने प्रति औंस एकहजार ३ सय २७ औंसमा कारोबार हुादा भएको एकसय २३ डलर घट्ने हुादा नेपाली बजारमा प्रति तोला ४८ हजार रुपैयाँ बराबरमा कारोबार हुने सुनचाादी व्यवसायी संघले जनाएको छ ।

सुनको मूल्य निरन्तर ओरालो लागेपछि आफूहरुलाई भने धेरै घाटा हुने सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष मणि रत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसरी भाउ घट्ने हो भने हाम्रो व्यापार त बाढीले बगाए बराबर हुन्छ ।’ ब्यबसायीले बढी मूल्यमा किनेको सुन सस्तोमा बेच्नुपर्ने अवस्था आएको शाक्यले बताउनुभयो ।