चुनावी वातावरण बनाउन सरकारसँग काँग्रेसको आग्रह
काठमाडौं, वैशाख ४- चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलसहितका नेताहरुले आज बिहान भेटेर आन्दोलनरत दलहरुसँग गम्भीर वार्ता गरी तत्काल चुनावी वातावरणको महौल बनाउन आग्रह गरेको छ।
अध्यक्ष निवास बालुवाटारमा भएको सो भेटवार्तामा नागरिकता वितरण र मतदाता नामवाली सङ्कलन कार्यलाई तीव्रता दिएर विशेष अभियान सञ्चालन गर्न काँग्रेसका नेताहरुले सुझाव दिएका थिए ।
सो अवसरमा निर्वाचनसम्बन्धी उल्लेख्य रुपमा कुनै कुरा अगाडि बढ्न नसकेकोमा चासो व्यक्त गर्दै काँग्रेसले चुनावी महौल बनाएर अगाडि बढ्ने सिलसिलामा कुनै बाधाअडचन र अवरोध आए उच्चस्तरीय संयन्त्रले सुल्झाउन थप प्रयत्न गर्नेतर्फ समेत अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराएको थियो।
आगामी संविधानसभाको निर्वाचनको मिति घोषणापूर्व गर्नुपर्ने आवश्यक गृहकार्य र वातावरण बनाउन विशेष सक्रियता प्रदान गर्न नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष रेग्मीबाट सुझाव दिइएको बुझिएको छ।
चुनाव र सरकार गठनका विषयमा टिकाटिप्पणी गरिरहेका नेकपा-माओवादी र मधेसी जनअधिकार फोरम नेपालसँग तत्कालै औपचारिक वार्ता गर्न काँग्रेसले सुझाव दिएको छ। रासस