साठी हजार लिएर डाक्टरले गराए पाँच महिनाको अवैध गर्भपतन

७ वैशाख, सिरहा । श्रीमान् वैदेशिक रोजगारमा गएको बेला परपुरुषसँग यौनसम्बन्ध राखी गर्भवती भएकी एक महिलाको लहानमा अवैध गर्भपतन गराएको रहस्य खुलेको छ ।



चन्द्रलालपुर-६ की २५ वर्षीया ती महिलाको पाँच महिनाको गर्भ डाक्टर विभा मण्डलले वैशाख ५ गते ६० हजार रुपैयाँ लिएर पतन गराएको खुल्न आएको छ । ती महिलाले अत्यधिक रक्तश्राव भएपछि गर्भपतन गराएको कुरा आˆनो परिवारमा जानकारी गराएपछि सो रहस्य खुलेको हो । अत्यधिक रक्तश्राव भएकोले नमितालाई इलाका प्रहरी कार्यालय गोलबजारमार्फत भूमिजा हस्पिटलमा भर्ना गरिएको छ ।



नमिताका ससुरा महादेव यादवले आˆनो बुहारीलाई बिगार्ने र अवैध गर्भपतन गराउने डाक्टर सहितलाई कानुनी कारबाही गर्न प्रहरीसँग माग गरेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरीनायब निरीक्षक शैलेन्द्र गच्छदारले गर्भधारण गराउने वीरेन्द्र यादव र उनका तीन सहयोगी फरार रहेको बताउनुभयो ।



श्रीमान्को स्वीकृतिबिना तीन महिनाभन्दा बढीको गर्भपतन गराउन कानुनले निषेध गरेको छ । रासस