२२ चैत, काठमाण्डौं । संविधानसभा निर्वाचनमा उम्मेदवारी दिन चाहनेले मनोनयन पत्रसँगै अनिवार्य रुपमा सम्पत्ति विवरण पेस गर्नुपर्ने भएको छ ।
संविधानसभा सदस्यको निर्वाचनसम्बन्धी अध्यादेशको दफा २३ को उपदफा २ को १ (क) मा सो व्यवस्था गरिएको छ । उम्मेदवारको मनायनयन पत्र उम्मेदवार आफैँ वा उसको प्रतिनिधिले पेस गर्न सक्नेछन् । उम्मेदवारले आफू र सगोल परिवारका सदस्यहरुको नाममा रहेको चल अचल सम्पत्तिको विवरण मनानयन पत्रसँगै पेस गर्नुपर्नेछ ।
यसैगरी, उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गर्दा उसले नेपाल सरकारवादी हुने कुनै फौजदारी मुद्दा कनै अदालत वा निकायसमक्ष चले/नचलेको सम्बन्धी विवरण पनि पेस गर्नुपर्ने प्रावधान रहेको राजधानी दैनिकमा खबर छ ।
यसैगरी, कर्तव्य ज्यान, चोरी, डाँका, अपहरण, जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, लागूऔषध कारोबार, कैदाबाट भागेको वा अरुलाई भगाएको, जासुसी, संरक्षित वन्यजन्तु र वनस्पति, पुरातात्विक वस्तु वा भन्सार चोरी-निकासी पैठारीको कसुरमा अदालतको फैसलाबाट सजाय पाई सो सजाय भुक्तान गरेको ६ बर्ष पुगेमा उसले उम्मेदवारका लागि योग्यता पुगेको मानिने व्यवस्था पनि संशोधन प्रस्तावमा राखिएको छ ।
सम्पत्ति विवरण नबुझाए संविधानसभा निर्वाचनमा उम्मेदवारी दिन नपाउने