हो, मैले बलत्कारीलाई जलाएर मारे
पटना - हो, मलाई बलत्कार गरेर जब ऊ मेरै घरमा नशाको बेहोसीमा सुत्यो, मैले उसलाई जिउदै जलाएर
मारेको हो । यो कार्य मैले धेरै हिम्मत जुटाएर गरेकी हुँ । पटना भन्दा १५ किलोमिटर टाडाको पर्सा बजार नजिकैको सुइथा गाउमा मध्यराती भएको यो घटनाको विस्तृत विवरण यसप्रकार छ । पर्सा बजारस्थित पुलिस चौकीका प्रमुख मुकेश चन्द्र कंवर भन्छन — ‘यो घटना सम्बन्धी मुद्धालाई हामीले अनुसन्धान गर्न औपचारिक रुपमा दर्ता गरेका छौ, घटनाको बारेमा थाहा पाए लगत्तै बलत्कार सम्बन्धी घटनाको जाँच गर्न सुजनादेवीलाई अस्पताल लगेका छौ । चौकी प्रमुख कंवर भन्छन — ‘पिडित महिला अत्यान्तै सोझो र हिम्मतिलो रहिछन ।’
‘मेरो श्रीमानको १५ वर्षअघि नै मुत्यु भएको हो ।’ पिडितसुजान देवीले घटनाबारे प्रहरीलाई बयान दिदै भनिन ‘मध्यराती म सुतिरहेको घरमा गाँउको भोला ठाकुर जबरजस्ती छिर्यो, नसाले मस्त रहेको उसले केही प्रतिवाद गरे ज्यान मार्ने धम्की दिदै बलत्कार गर्यो ।’ यति भने पछि सुजनादेवी केही समय अवाक भईन । नबोलेको बेला उनको अनुहारमा रिस र पिडाको अनुमान सहजै लगाउन सकिन्थ्यो ।
त्यसपछि फेरी सुजान भन्न थालिन - मेरो इज्जत लुटेपछि उ नसाको सुरमा मेरै कोठामा पल्टिएर निदायो । त्यसपछि म उठे र घरको एक कुनामा रहेको ५ लिटर मट्टितेलको जरिकिन निकाले र अब यसलाई यहि जलाएर मार्छु भन्ने निर्णय गरे । जरकिनमा भएको तेल अर्को एउटा छुटृै बाटामा खन्याए अनि त्यसमा एउटा साडी चोबे, मट्टितेलमा डुबाएको त्यही साडी उसलाई ओढाइदिए र बचेको तले उ सुतेको ओछ्यान वरिपरि छर्किदिए, त्यसपछि आगो लगाएर म कोठाबाट बाहिर निस्किए र ढोकाको बाहिरबाट चुकुल लगाए । त्यसलगत्तै म नजिकैका गाँउलेको शरणमा गए । साभार: बिबिसि