एसीसी ट्वान्टी–२० कप क्रिकेटको उपाधीका लागि नेपाल आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

२१ चैत, काठमाडौं । एसीसी ट्वान्टी–२० कप क्रिकेटको उपाधीका लागि नेपाल आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेपछि हुनेछ । खेलको अनलाइनखबरले पूर्व कप्तान विनोद दासका साथमा टेक्ट लाइभ गर्नेछ । एक दिवसीय मान्यता प्राप्त अफगानिस्तान पहिलो तीन बटै संकरणको विजेता हो भने घरेलु टोली नेपाल पहिलो पटक उपाधी नजिक पुगेको हो ।



आज जित हात पारे नेपालले सीसी ट्वान्टी–२० कपमा अफगानिस्तानको एकाधिकार मात्र तोड्ने छैन, यो वर्ष आफ्नो हातमा तीन ट्रफी पार्नेछ । नेपालले भदौंमा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ र असोजमा एसीसी ट्रफी एलिट जितेको थियो ।

तेस्रो स्थानका लागि आजै सवा ९ बजेपछि हुने खेलमा यूएई र हङकङ भिड्दैछन् ।onlinekhabar.com