कोशी अञ्चल अस्पतालमा तोडफोड

अजित तिवारी, विराटनगर, चैत २१ - उपचारमा हेल्चेक्र्याइ गर्दा विरामीको मृत्यु भएको भन्दै विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा तोडफोड गरिएको छ। करिब सयको संख्यामा रहेका बिरामीका आफन्त र सहयोगीहरुले अस्पतालको मुख्य गेटमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्।

विराटनगर-१८ का २५ वर्षीय हेमनारायण यादवको एपेण्डिक्सको शल्यक्रिया गरेपछि मंगलबार अपारन्ह मृत्यु भएको थियो। शल्यक्रियामा लापर्वाही गरेकाले यादवको मृत्यु भएको उनीहरुको आरोप छ। अस्पताल परिसरमै प्रदर्शन भएपछि यहाँका सबै सेवा अवरुद्ध भएको छ।

बिरामीका आफ्न्तहरुको प्रदर्शनका कारण अस्पताल वरिपरिको सबै पसल बन्द छ। सुरक्षाकर्मीको त्यहाँ बाक्लो तैनाथी गरिएको छ। अस्पताल प्रशासनले मृतक पक्षसँग वार्ता गर्ने प्रयास जारी राखेको छ।