नेपालमा बसेर इजरेली जासुसी गरेको आशंकामा एक इरानी नागरिक पक्राउ, सार्वजनिक अपराधमा हिरासत
काठमाडौं, वैशाख ९ - नेपालमा बसेर इजरेली गतिविधिबारे जासुसी गरेको अभियोगमा एक इरानी नागरिक १२ दिनदेखि प्रहरी हिरासतमा छन्। सार्वजनिक अपराध अभियोगमा इरानी नागरिक मोसन कोसाभियान प्रहरी हिरासतमा भए पनि उनीमाथि नेपालमा बसेर अन्य देशका नागरिकबारे जासुसी गरेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
सितापाइलामा रहेको इजरेली राजदुत निवासवरिपरि शंकास्पद गतिविधि गर्दै आएका उनीबारे इजरेली दुतावासले प्रहरीलाई जानकारी गराएपछि निगरानी बढाएको थियो। निगरानीक्रममा उनको गतिविधि शंकास्पद देखिएपछि चैत २७ गते महानगरीय प्रहरी आयुक्तको कार्यालयले उनलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा आएका मोसनले आफूलाई प्रारम्भमा इजरायली नागरिकका रुपमा परिचय दिएका थिए। उनको साथमा इजरायली राहदानीसमेत फेला परेको थियो। उनीसँगै प्रहरीले इरानी राहदानीसमेत फेला पारेपछि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको थियो।
स्रोतका अनुसार उनको साथबाट फेला परेको इजरेली राहदानी नक्कली रहेको खुलेको छ। राहदानीको तस्बिर परिर्वतन गरेर आफ्नो राखेको खुलेको अनुसन्धानस्रोतले दाबी गर्यो । उनको गतिविधि र उनी नेपालमा आउनुको कारण शंकास्पद देखिएपछि जासुसीमा संलग्न रहेको आशंकामा ब्युरोले अनुसन्धान अगाडि बढाए पनि अभियोग पुष्टिका पर्याप्त आधार नखुलेकाले उनलाई तत्काल सार्वजनिक अपराध अभियोगमा प्रहरी हिरासतमा राखिएको छ।
ब्युरोका डिआइजी केशबहादुर शाहीले प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई इरानी नागरिक जासुसीमा संलग्न रहेको रिपोर्टिङ गरेपछि उनको गतिविधि र उनको संलग्नताबारे आतंकवादबारे अनुसन्धान गर्दै आएको प्रहरीको विशेष ब्युरोसमेत अनुसन्धानमा संलग्न भएको छ। अनुसन्धानस्रोतका अनुसार उनको साथमा इजरेली दुतावास क्षेत्रको नक्सासमेत फेला परेको र इरान र इजरेलबीच शत्रुतापूर्ण सम्बन्ध भएकाले अनुसन्धानलाई अत्यन्त गोप्य राखिएको छ।
इरान प्यालेस्टाइन समर्थक भएको इजरेलको बुझाइ छ। करिब चार महिनाअघि नेपालस्थित इजरेली दुतावासले आफ्ना कर्मचारी असुरक्षित रहेको दाबी गर्दै नेपाल सरकारसँग उनीहरुलाई अत्याधुनिक हतियार राख्नका लागि अनुमतिसमेत मागेको थियो।
अनुसन्धानस्रोतका अनुसार अहिलेसम्म उनी जासुसीमा संलग्न रहेको पुस्ट्याइँ हुने आधार फेला परेको छैन। 'यो दुई देशबीचको सम्बन्धको कुरा पनि हो,' स्रोतले भन्यो, 'पूर्ण रुपमा शंका निवारण नभएसम्म उनीमाथिको अनुसन्धान जारी रहन्छ।'
(नागरिक)

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं