आफ्नै देवरबाट पटक पटक बलात्किृत एक महिलालाई सुरक्षा दिने प्रहरीले पनि बलत्कार गरेको तथ्य फेला

ताप्लेजुङमा आफ्नै देवर पर्ने एक युवकबाट पटक पटक बलात्किृत हुदै आएकी एक महिलालाई सुरक्षा दिने प्रहरीले नै बलत्कार गरेको तथ्य फेला परेको छ ।



ताप्लेजुङको दोखु गाविस वाडा नंबर ७ कि परीवर्तित नाम अधबैसे सविता गुरुङलाई उनकै देवर पर्ने अल्ले कान्छो नामले चिनिने नाम नखुलेका एक युवकले पटक पटक शारीरिक सम्पर्क राख्ने गरेको र महिलाका छोराले सुकेटार विमानस्थनमा कार्यरत प्रहरी चौकिका प्रहरीलाई उजुरी दिएपछि प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार प्रहरीले शनिबार पक्राउ गरी दुबैलाई सुकेटार प्रहरी चौकिको फरक फरक कोठामा राखेको र राति प्रहरी चौकिमा कार्यरत असई कमल राईले महिलासँग शारीरिक सम्पर्क राखेको महिलाले बताएको सुकेटार स्रोतले बताएको छ । महिलाई सोधपुछ गर्दा देवरसँग पनि सारीरीक सम्पर्क रहेको र राति प्रहरी चौकिमै प्रहरी असईले पनि आफुलाई बलत्कार गरेको बताएको सुकेटारका स्थानियबासीले जानकारी दिएका छन् । गएराति आरोपि तीनै जनालाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ल्याएको छ ।

प्रहरी माथी पनि आरोप आएको कारण असईलाई पनि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ झिकाएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले यस विषयमा अहिले अनुसन्धान भईरहेकाले केहि भन्न नसकिने बताउनुभएको छ ।