चार दलले मुलुकलाई अफगानिस्तान बनाउन खोजे : गुरुङ

नेकपा–माओवादीका सचिव देव प्रसाद गुरुङले चार प्रमुख दलले मुलुकलाई अफगानिस्तान बनाउन खोजेको अरोप लगाएका छन्।



सचिव गुरुङले एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाप्रति लक्षित गर्दै भने ‘प्रमुख दलले विदेशीको इसारामा रातारात गरेका सम्झौता हामीलाई मान्य हुँदैनन् ।’ त्यस्तै गुरुङले थपे ‘चार दलले मुलुकलाई अफगानिस्तान बनाउन खोजेका छन् । यसको प्रतिकार हाम्रो पार्टीले गर्छ ।’ े

सोमबार पर्वतमा पत्रकार सँग कुरा गर्दै गुरुङले नेकपा-माओवादी साम्राज्यवाद र विस्तारवादको बिरुद्धमा लागेको बताउँदै प्रुमख राजनीतिक दलले पूर्व राजा ज्ञानेन्द्रको शैलीमा गर्न लागेको निर्वाचन आफूहरुलाई मान्य नहुने प्रष्ट समेत पारेका छन् ।

सचिव गुरुङले नकपा–माओवादी निर्वाचनको विरोधी नभएको तर निर्दलीय सरकारको भने विरोधी रहेको बताएका छन् । उनले खिलराज रेग्मी नेतृत्वमा बनेको सरकारलाई विघटन गरी नयाँ सरकार बनाउँनु पर्ने बताएका छन् ।