आज गिरिजाप्रसाद कोइरालाको तेस्रो स्मृति दिवस

७ चैत, काठमाण्डौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज तेस्रो स्मृति दिवस । कोइरालाको निधन भएको आज तीन बर्ष पुगेको छ । तेस्रो स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले आज सभागृहमा स्मृति सभा तथा विचार गोष्ठिको आयोजना गरेको छ । एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्बाह गरेका कोइरालाको २०६६ साल चैत सात गते ८५ बर्षको उमेरमा निधन भएको थियो