नायिकाको चोली छोटो भएपछि के-के देखियो त? हेर्नुस् भिडियोसहित

नेपाली चलचित्रहरुमा अहिले आइटम गीतहरुले केहि बजार तताउन थालेको छ। पहिले देखी नै आइटम गीतहरु नेपाली चलचित्रमा राख्ने गरेको भए पनि अहिले अलि पछी आएर भने केहि हद सम्म बजार तताउन सफल भएको देखिन्छ। यसको उदाहरण लिन सक्छौ ब्लकबस्टर चलचित्र ‘लुट’को “उद्रेको चोली” गीतलाई “उद्रेको चोली” हिट भएपछि अहिले नयाँ गीत आएको छ “चोली छोटो भो”। “चोली छोटो भो” नयाँ नेपाली चलचित्र ‘भैहाल६ नी’को आइटम गीत हो रे यो फिल्मका निर्देशक एम.एस. अग्रज यसै भन्दै हुनुहुन्छ। यो चलचित्र टोटल कमर्सियल मसालेदार चलचित्र हो रे त्यसैले आइटम गीतलाई पनि ठाउँ दिएका रे।



हामीले चलचित्र ‘लुट’को फेवर समात्न खोज्नु भएको त होइन भन्दा अग्रज जी भन्दै हुनुहुन्थ्यो होइन होइन हामीले यो गीतको रेकर्डिङ १८ महिना अगाडि नै सकेका थियौ र सुटिंग एक बर्ष अगाडी नै सकेका थियौ यो सँग लुटको कुनै प्रसंग जोडिने कुरै भएन नी होइन र। चोली भन्ने शब्द मिल्न गएको हो त्यस्तो केहि छैन भन्छन अग्रज।यस चलचित्रलाई दिनेश अधिकारी र आरके पाण्डेले निर्माण गरेका हुन्। चलचित्रमा सुमन सिँह, गरिमा पन्त, विशाल पोखरेल, सोनिया केसी, सुनिल थापा, अशान्त शर्मा, सुवासचन्द्र कार्की, कमलकृष्ण आदिको अभिनय हेर्न पाइनेछ। यो चलचित्र बैशाख १५ गते देखी रिलिजको तयारीमा छ भने ओभरसिजमा पनि चाडै प्रदर्शनमा आउने छ। “चोली छोटो भो”मा सोनिया केसीले डान्स गरेका छन्। आउनुस हामी पनि हेरु के सच्चि नै चोली छोटो भएकै हो त?