मोरङमा भीषण आगलागीबाट करिब १२ लाख बराबरको क्षति
विराटनगर, चैत १३- मोरङको टङ्किसिनवारी गाविस-१ स्थित बाबुराम तवदारको घर र किराना पसलमा आगलागी हुँदा रु १० लाख मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। विद्युत् सर्ट भई सोमबार साँझ आगलागी हुँदा तवदारको टिन र फूसको चार कोठाको घर र घर बाहिर रहेको एक किराना पसल कोठा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
किराना पसलमा ठूलो क्षति भएको छ। साथै लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको छ। उक्त आगो विराटनगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।
त्यस्तै महोत्तरी जिल्लाको भारतीय सीमावर्ती मनरा गाविसको एक बस्तीमा आज बिहान आगलागी हुँदा रु दुई लाखबराबरको सम्पत्ति नष्ट भएको छ। साथै चौपाया र घरका मानिससमेत घाइते भएका छन्।
मनरा-२ का हरिश्चन्द्र मिश्रको गोठमा आगलागी हुँदा गोठ जलेर सखाप हुनासाथै ३४ वर्षीय छोरा सन्तोष मिश्र र एकहल गोरुसमेत आगोमा परी घाइते भएको प्रहरीले जनाएको छ। बिहान झिसमिस्मै गोठमा धुँवा देखिएपछि सो निभाउन गएका घरधनीका छोरा सन्तोष आगोको लप्काले पोलेर घाइते भएका मनरास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामबाबु सिंहले जानकारी दिए।
गोठमा आगलागी सुरु भएपछि अन्य पशुवस्तु दाम्लो चुँडाएर भाग्न सफल भएपनि सुरक्षाका लागि दुईतिरबाट बलियो दाम्लोले बाँधिएका एकहल गोरु भने दाम्लो चुँडाउन नसक्दा आगोमा परेर घाइते भएको प्रहरीको भनाइ छ।
गोठघरमा लामखुट्टे भगाउन लगाइएको घुर (धुनी) को आगो अन्य सुकेका त्यान्द्रामा सल्केर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ। गाउँले र प्रहरीको लगातार दुईघण्टाको प्रयत्नले आगो नियन्त्रण भएको प्रसनी सिंहले बताउनुभयो। आगलागीबाट गोठका काठपात सबै जल्दा रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइते सन्तोषको अवस्था सामान्य भए पनि एकहल गोरुभने बाँच्ने आश कम नै भएको घरधनी हरिश्चन्द्रले बताए। रासस