शिवरात्रीमा गाँजा नियन्त्रण गर्ने निर्णय यहाँलाई कस्तो लाग्यो ?

फागुन २७ गते आइतबार महाशिवरात्री पर्व हिन्दूहरुले धुमधामका साथ मनाउँदै छन् । शिवरात्रीमा पशुपति काठमाडौंको क्षेत्रमा नेपाल र भारतका साधु सन्त एवं दर्शनार्थीहरुको विशेष घुइँचो लाग्ने गर्छ ।


यस वर्षको महाशिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा लगायतका लागू पदार्थको प्रयोग तथा बेचबिखनमा कडाइ गर्ने सरकारले निर्णय गरेको छ ।

शिवरात्रीका अवसरमा गाँजा र भाङको प्रयोग खुलेआम हुने गरेको अवस्थामा नियन्त्रण गर्ने सरकारले प्रयास थालेको हो । यसरी शिवरात्रीमा गाँजा, भाङ नियन्त्रण गर्ने निर्णय यहाँलाई कस्तो लाग्यो ?

१. शिवरात्रीमा गाँजा, भाङ नियन्त्रण हुन्छ/हुनैपर्छ ।
२. सरकारले भनेको मात्रै हो, कार्यान्यवन गर्न सक्दैन ।
३. शिवजीले खाने चिज एक दिन त खान पाउनु पर्यो नि ।