साहरुखले छोरीलाई हिरोइन बनाउने, अब हिरोइनको नाम अगाडी
बलिउड नायक साहरुख खान आफ्ना दुई सन्तानलाई खुबै माया गर्छन् । आफ्नो व्यस्त दैनिकीलाई समेत मिलाएर उनले छोरा आर्यन र छोरी सुहानालाई समय दिएका हुन्छन् । उनै वादशाह खानले आफ्नी छोरी सुहाना खानलाई सिनेमाको नायिका बनाउने सोचाई बोकेका छन् । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा साहरुखले भने, ‘म चाहन्छु मेरो छोरी बलिउडको नायिका बनुन् ।’ छोरी सुहाना बलिउडको नायिका बने त्यो आफ्नो लागि सबैभन्दा गर्वको बिषय हुने साहरुखको भनाई छ । यस्तै वादशाह खानले आफूले निर्माण तथा अभिनय गर्ने सबै सिनेमामा अब नायिकाको नाम अगाडी लेखिने घोषणा गरेका छन् । आजसम्मका सिनेमामा साहरुखको नाम पछि मात्र नायिकाको नाम पर्दामा लेखिने गरिन्थ्यो । साहरुखले निर्माण गरेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ मा उनको अघि नायिका दिपिका पादुकोणको नाम आउने छ । source : eonlinkhabar
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrluH7QGM06_5tQv2XKdgjgByJobhw3I7Jl5sfdauDrOu1ATTx4DRdAHf9evQltdQdfLnh_kllbxWsk655o1ertqIJf4abLuJS4WbcwyOp10GDDsxwunsM_C4Lr03f6C8oT1vHf4NitKY/s400/srk-wiht-his-family.jpg)