माधव पौडेल सूचना तथा सञ्चारमन्त्री नियुक्त (मन्त्रीपरिषदका निर्णयहरुसहित)
चैत्र ६ – मन्त्री परिषदले पूर्णता पाएसँगै आज बसेको अन्तरिम चुनावी मन्त्रीपरिषदको बैठकले संवैधानिक परिषदको पूर्णतापछि मात्रै चुनावको मिति घोषणा गर्ने निर्णय गरेको छ । अध्यक्ष खिलराज रेग्मीको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले सूचना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेललाई सरकारको प्रवक्ता नियुक्त गरेको छ । बैठकले सबै मन्त्रालयले गर्ने काम र गर्न बाँकी काम २४ घण्टाभित्र वेवसाइटमा राख्ने निर्णय पनि गरेको छ ।
यस्तै, आजको बैठकले काममा रहेको सम्पूर्ण कर्मचारीलाई सम्बन्धित ठाउँमै पठाउने र मन्त्रीहरुको आचारसंहिता कडाईका साथ लागू गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, आजको मन्त्रीपरिषदको बैठकले संवैधानिक परिषदलाई पूर्णता दिन गृहकार्य थाल्ने जनाउँदै संवैधानिक निकायहरुमा पदाधिकारीको नियुक्तिका लागि सिफारिश गर्ने निर्णय समेत गरेको छ ।