नाम ‘रियालिटी शो’ तर काम भने भ्रमको खेती(मलाई सपना देखाउदै भाग्यो )
देशभरीबाट छानिएर आएका १५ हजार प्रतिस्पर्धील्ाई उछिन्दै ती प्रतिभाको मन कति प्रफुल्लित भएको हुँदो हो, जतिबेला नेपाल टेलिभिजनले उनको नाम सिंगिङ स्टारका रुपमा प्रस्तुत गर्यो,। ‘तिम्रो लागि सारा संसार भुलिदिन्छु म, तिम्रो लागि सारा संसार त्यागी दिन्छु म’ अभया सुब्बाको यही गीत गाएर सिंगिङ स्टार बनेकी थिईन पोखरेली नवप्रतिभा रितु लामा। सिंगिङ स्टारको उक्त घटना अहिले उनको प्रत्यक्ष जीवनमा पनि सारा संसार भुलिदिन्छु भने झै भएको छ। तिम्रा सारा आश्वासन त्यागी दिन्छु भन्ने अवस्था आएको छ।
१८ बर्षीय यी प्रतिभाले स्टार बन्दाको खुशीयाली त मनाईन नै तर यस्ता कार्यक्रमका आयोजकहरू कति फटाहा र ठग मानसिकताका हुँदा रहेछ भन्ने पनि यहीबेला सार्वजनिक भयो। नेपाल टेलिभिजनबाट प्रशारण गरी सञ्चालन गरिएको नेपाल सिंगिङ स्टार कार्यक्रमकी विजेता रितु लामाले अहिलेसम्म उनका नामको पुरस्कार त के, आयोजकका मान्छेहरूसँग भेट्ने अवसर समेत पाउन छाडेकी छन। नेपाल टेलिभिजनबाट प्रशारण गरिएको सिगिङ स्टार कार्यक्रमबाट, पोखराकी रितु लामा सिगिङ स्टार बनेकी थिईन। तर, उनले अहिलेसम्म आयोजकले घोषणा गरेको पुरस्कारदेखि सेवासुविधा केही पनि पाएकी छैनन। कार्यक्रम सञ्चालनको बेला खुबै हल्ला गरी पुरस्कारको राशी र देशविदेश भ्रमणको घोषणा गरिएको थियो।



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं