लोकमानलाई अख्तियार प्रमुख बनाउन नहुने भन्दै सर्वोच्चमा रिट
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुखमा प्रस्तावित भनिएका लोकमानसिंह कार्कीका विरुद्धमा सर्वोच्चमा रिट परेको छ ।
अख्तियारले नै अयोग्य ठहर्याएका कार्कीको नियुक्ति संविधानविपरीत रहेको भन्दै उनलाई अख्तियार प्रमुख बनाउन नहुने भन्दै सर्वोच्चमा रिट परेको हो ।

अधिवक्ता ओमप्रकास अर्यालद्वारा दायर रिटमा कार्कीलाई अख्तियारमा नियुक्ति गर्न खोज्नु जनतामाथिको धोका हुने पनि उल्लेख गरिएको छ ।
कार्की २०६२/६३ को जनआन्दोलन दमनकर्ता मध्येका एक व्यक्तिका रुपमा चिनिन्छन् । पूर्वराजा ज्ञानेन्द्र शाहीकालिन अवस्थामा उनी मुख्य सचिव समेत भएका थिए ।
उनै कार्कीलाई अख्तियारले भने सुन तस्करी काण्डमा दोषी ठहराएको थियो । अहिले आएर उनलाई अख्तियारको प्रमुख बनाउने तयारी गरेपछि चौतर्फी विरोध सुरु भएको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं