यात्रुलाई छलेर खान नपाएको विरोधमा ट्याक्सी चालक आन्दोलित
यात्रुलाई ठगेर भाडा लिने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही सुरु गरेको विरोधमा ट्याक्सी चालक आन्दोलित भएका छन्।
यात्रुबाट मनपरी भाडा लिने मिटर नराख्ने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको भन्दै ट्याक्सी चालक विरोधमा उत्रिएका हुन् ।

यसरी विरोधमा उत्रिएका ट्याक्सी चालकले मंगलबार बिहान १० बजेबाट नै यात्रुलाई बोक्न छोडेका छन् । ट्याक्सी चालकले सरकारसमक्ष भाडदार पुनरावलोकन गर्नुपर्ने र मिटर चेक नगर्नुपर्नेमा माग गरेका छन् । ट्याक्सी व्यवसायीले ठग्न नपाएको विरोधमा यस्तो आन्दोलन गरेका हुन् । मंगलबार ट्याक्सी चालकले खुलामञ्चमा ट्याक्सी सहित विरोध प्रदर्शन गरे ।
ट्याक्सी चालक विरोध कार्यक्रममले काठमाडौँका सडक अस्तव्यस्त बनेका छन् । ट्राफिक प्रहरीले पुस २९ गतेदेखि ट्याक्सी चालकमाथि निगरानी बढाएपछि ट्याक्सी चालक आक्रोशित बनेका हुन् । यस अभियान अन्तर्गत प्रहरीले नियम उल्लंघन गर्ने ट्याक्सी चालकको लाइसेन्समा प्वाल पार्न थालेको छ ।
आन्दोलनमा उत्रिएका ट्याक्सी चालक आफूले भनेजति पैसामा यात्रु बोक्न पाउँनु पर्ने, प्रतिकिलोमिटर ५० रुपैयाँ भाडादर कायम हुनुपर्ने, ट्राफिक प्रहरीले प्वाल पारेका लाइसेन्स सदर गर्नुपर्ने लगायतका माग गरेका छन् ।