अन्तरजातीय बिहे गर्ने सम्मानित
चैत ५ – नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा सौरपानी गाउँ विकास समितिको प्रथम भेलाले प्रेमचन्द्र उपरकोटीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेलाले कार्यसमितिका उपाध्यक्षमा नेत्र विक, सचिवमा विष्णु नेपाली, सहसचिवमा मनमाया विक र कोषाध्यक्षमा दुर्गा नेपालीलाई चयन गरेको छ ।
मोर्चाका पूर्व अध्यक्ष दलबहादुर उपरकोटीको सभापतित्वमा भएको सो भेलामा अन्तरजातीय विवाह गर्ने प्रतिक्षा गुरुङ र कृष्णबहादुर उपरकोटीको जोडीलाई दोसल्ला ओडाएर सम्मान गरियो ।
सोही अवसरमा ८० वर्षीया विष्णु नेपाली र गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट दलित विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।