एक बिदेशी महिला पर्यटक माथि सामुहिक बलत्कार

भारतको मध्य प्रदेशस्थित दतिया जिल्लामा स्थानिय ७ पुरुषले एक स्विस महिला माथि सामुहिक बलत्कार गरेका छन । स्वीडेनबाट दतिया जिल्लाको झाडिया गाँउमा घुम्न आएका पर्यटक माथि स्थानिय युवाहरुले मिलेर सामुहिक बलत्कार गरेका हुन । ति महिला आफ्नो श्रीमानसँग मध्य प्रदेशको ओरछाबाट आगरा सम्म साईकल यात्रा गरेर आएको बताईएको छ । आगरा आई पुग्दा साझ परेपछि उनिहरुले रातमा दतियाको झाडिया गाउँमा क्याम्प लगाएर बसेका थिए ।


त्यसैरात उक्त गाँउका ७ युवाहरुले उनका पति माथि आक्रमण गरि महिलालाई सामुहिक बलत्कार गरेको प्रहरीको भनाई छ । युवाहरुले स्वीस दम्पतिको सामान पनि लुटेर लगेको बताईएको छ ।प्रहरीले पिडित महिलाको बयानका आधार घटनामा संलग्न रहेको आसंकामा केहि युवाहरुलाई नियन्त्रणमा लिई छानबिन सुरु गरेको बताएको छ । भारत कै दिल्लिमा गुडिरहेको बस भित्रै एक छात्रा माथि सामुहिक बलत्कार भएको घटनाको ब्यापकरुमा बिरोध भएपछि सरकारले महिलाहरु माथि हुने हिसां नियन्त्रण गर्ने भन्दै केहि कानुनमा संसोधन गरे पनि हिसांका घटनामा भने कमि आउन सकेको छैन ।