आफ्नै घरको कुकुरसँग दिनको २ /३ पटक सेक्स गर्छु कतै रोग त लाग्ने हैन?

म आफ्नै घरमा पालिएको स्वस्थ कुकुरसँग दिनको २\३ पटकसम्म यौनसम्पर्क गरिरहेकी छु र म सन्तुष्ट पनि छु। मेरो श्रीमान् बाहिर हुनुहुन्छ। मलाई कुनै रोग त लाग्दैन म के गरूँ ?

कुकुरसँगको यौनसम्बन्ध

पुरुषबीचको यौनसम्पर्क स्वाभाविक हो। समाजले यसलाई विवाह-बन्धनभित्र मात्र बाँध्न खोजेको छ, तर कहिलेकाहीं हामीले अलि फरक किसिमका यौन क्रियाकलापका बारेमा पनि सुन्ने गरेका छौं। यौन उत्तेजनाका लागि अथवा सन्तुष्टिका लागि हामीले सामान्यतः अपनाउने यौन व्यवहारभन्दा फरक किसिमको यौन क्रियाकलाप वा व्यवहार कसैले गर्छ भने त्यसलाई अंग्रेजीमा paraphilia (प्याराफिलिया) भनिन्छ। प्याराफिलियामा त्यस किसिमको क्रियाकलाप नै यौन आनन्द पाउने कुराको केन्द्रबिन्दु हुन्छ र उनीहरूले उक्त किसिमको क्रियाकलाप नियमित रूपमा गर्छन् र एक किसिमको आन्तरिक बाध्यता महसुस गर्छन्।

पशुसँगको यौनसम्पर्क पनि एक किसिमको प्याराफिलिया नै हो। तपाईंमा भित्रैबाट एक किसिमको बाध्यता महसुस हुन्छ कि हुँदैन लेख्नुभएको छैन। कुनै मानव, मानवइतर जनावर वा पशुप्रति यौनका दृष्टिकोणले आकषिर्त भए त्यसलाई zoophilia (जुफिलिया) भनिन्छ। त्यसबाहेक दभकतष्बष्तिथ, पशुकरणी (animal sex) वा zoosexuality शब्दले यिनै कुरालाई जनाउने गरेको पाइन्छ। पशु करणीका लागि कयमomथ शब्द विशेष गरेर अदालती प्रयोगमा भएको पाइन्छ। यौन उत्तेजनाका लागि पशुसँग गरिने यौन क्रियाकलाप वा यौन परिकल्पनालाई उनीहरू बारम्बार दोहोर्‍याउँछन् वा यस्ता क्रियाकलाप उनीहरूको यौन उत्तेजना वा सन्तुष्टिका लागि नभइनहुने कुरा बन्छ। पशुकरणी बाख्रा, कुकुर, बिरालो, सुँगुर, घोडा, गोरु वा गधा आदि विभिन्न जनावरसँग गरिएको पाइएको छ।

मानिसहरू किन जनावरसँग यौनसम्पर्क राख्छन् ?
यो सजिलो प्रश्न होइन र यसको कारण यही नै हो भनेर भन्न सकिने स्थिति छैन। पक्कासँग भन्न नसकिए पनि यसका कारणहरूमा यौनसम्पर्क राख्नै नपाउनु (sexual starvation), मानसिक रूपमै फरक किसिमको हुनु तथा यौन अतृप्तता हुनुजस्ता कुरालाई प्रमुख मानिएका छन्। त्यसैगरी कतिपय परिस्थितिमा पशुकरणी गरेमा यौनरोग निको हुन्छ भन्ने अन्धविश्वासले पनि मानिसले पशुकरणी गरिएको पाइएको छ। त्यसैगरी कतिपयले त मात्र यौन जिज्ञासा (कस्तो हुँदो रहेछ हेरौं न भनेर) का कारणले वा आफ्नो यौन जीवनमा केही नौलोपन ल्याउन यसो गरेको पनि भेटिएको छ। धेरैजसो परिस्थितिमा पशुलाई हेर्ने वा पशुसँगै लामो समय बिताउने मानिसहरू यस किसिमको व्यवहारमा संलग्न रहेको पाइएको छ।

के कुनै रोग लाग्ला ?
पशुसँगको यौनसम्पर्कपछि यौन वा अन्य कुनै रोग लाग्ला वा स्वास्थ्य समस्या पर्ला कि भन्ने चासो चिन्ता निकै नै हुन्छ। मानिस-मानिसबीचको यौनसम्पर्कबाट सर्ने रोगहरूलाई नै हामी यौनरोग भन्छौं न कि पशुसँगको सम्बन्धबाट लाग्ने रोगलाई। मानव-मानवबीचको यौनसम्पर्कबाट गर्भ रहनुले स्वास्थ्य समस्या जन्माउन सक्छ, तर जनावर तथा मानवबीचको यौन सम्पर्कबाट गर्भ नरहने भएकाले यससम्बन्धी स्वास्थ्य समस्या आउने भएन।

अन्य स्वास्थ्य समस्याको कुरा गर्ने हो भने हामीलाई थाहै छ कि सामान्यतः जनावरमा लाग्ने कतिपय रोग मानिसमा लाग्दैन र मानिसमा लाग्ने कतिपय रोग पनि जनावरमा लाग्दैन। यद्यपि कतिपय यस्ता रोग पनि छन् जुन मानिस तथा जनावर दुवैमा सर्छन्। त्यस्ता रोगलाई zoonosis भनिन्छ। जनावरसँगको नजिकको उठबस वा त्यसबाट बनेका वस्तुको प्रयोगबाट पनि यस्ता रोगहरू सर्न सक्छन्। यस्ता रोग सर्नलाई यौन सम्पर्क नै राख्नुपर्छ भन्ने छैन।

Brucellosis, Q fever, leptospirosis जस्ता रोग वीर्य वा योनि वा पिसाबबाट सर्न सक्छन् । थूकको सम्पर्कले रेबिज वा flea tapeworm सर्न सक्छ। त्यसैगरी दिसा (fecal+oral)बाट hydatid desease (Echinococus), compylobactor, giardia,salmonella, toxocariasis जस्ता रोग सर्न सक्छन्। त्यसबाहेक जति नै मानवसँग बसे पनि जनावरको आपनै व्यवहारका कारण पनि हामीमा रोग सर्न सक्छ। जनावरको सरसफाइ एउटा महत्त्वपूर्ण पक्ष हो। कुकुरलगायत कतिपय जनावरले बाटोघाटोमा भएका फोहरलाई मुखैले छुन पुग्छन् र व्यक्तिको सम्पर्कमा आउँदा सर्ने सम्भावना न्यून गर्न जहिले पनि सजग रहनुपर्छ। यौनसम्पर्क गर्दा अझ चनाखो हुनुपर्छ। तपाईंले कुकुर स्वस्थ छ भन्नुभएको छ, त्यसैले समस्या नआउला कि ? तर मुख्य कुरा यसमा पक्का कसरी हुने हो ?

यौनसम्पर्कको मामिलामा व्यक्ति-व्यक्तिबीच कहिलेकाहीं असमझदारी हुन्छ भने जनावरसँग पनि हुनसक्छ। यौनसम्पर्क राख्ने क्रममा मानव र पशुबीचको शारीरिक त्यसमा पनि यौन अङ्गका संरचनामा भएको फरकपनलाई विचार नगरी अत्यधिक दबाब वा शक्ति प्रयोग गर्न पुगेमा चोट लाग्ने सम्भावना हुन्छ। केही ठूला जनावरले प्रतिरोध गर्दा दाँत वा नङ्ग्राले चोट लाग्न सक्छ। समझदारी नहुँदा यी समस्या बढी हुनसक्छ।

अरू असर के पर्ला त ?
मानिसको तुलनामा जनावरप्रतिको यौन आकर्षण बढी नै भए र जनावरसँगको यौन सम्बन्धको निरन्तरताजस्ता कुराले भविष्यलाई नै प्रभाव पार्छ। जनावरप्रति नै लगाव प्रगाढ भएको र अर्को व्यक्तिसँगभन्दा बढी नै आकषिर्त भएको स्थितिमा यौन तथा सामाजिक जीवनमा सामञ्जस्यता ल्याउन सजिलो हुँदैन। श्रीमान् आएपछि पनि तपाईंको बढी यौन आकर्षण कुकुरप्रति भएमा सामाञ्यस्ता ल्याउन निकै गाह्रो हुन्छ। यौनजीवनमा चिसोपन आउने मात्र होइन, पारपाचुकेको स्थिति पनि सिर्जना हुनसक्छ।

परिवार, साथीभाइ तथा समाजका अन्य व्यक्तिलाई यस विषयमा थाहा भए त्यसले पनि मानसिक तथा सामाजिक रूपमा असहजपन बढाउन सक्छ र अपहेलनाको सिकार हुनुपर्ने हुनसक्छ।

पशु अधिकारवादीहरू पशुसँग गरिने यस्ता यौन सम्बन्धलाई पशुउपर गरिएको अत्याचार वा शोषण भन्छन्। यौनसम्पर्कका लागि सहमति दिन नसक्ने भएकाले यो जहिले पनि बलात्कार नै हुने उनीहरूको धारणा छ। पशुकरणीका पक्षधरहरू भने यी कुरामा विश्वास राख्दैनन्, तर पनि पशुकरणी दण्डनीय भएको स्थितिमा अनावश्यक झमेलामा फस्नुपर्ने स्थिति आउन सक्छ।