अस्पतालबाट बिरामीलाइ रातारात गायब पारीयो

सोमबार दिउँसो १ बजे त्रिवि शिक्षण अस्पतालमो फिमेल सर्जिकल वार्डको १७ नम्बर बेडमा शल्यक्रियाका लागि भर्ना भएकी काठमाण्डौं निवासी ज्योत्सना तिमल्सिना राति ४ बजेपछि बेडबाट नै गायब भएकी छन् । उनलाई कसले बेडबाट नै गायव गर्यो भनी मंगलबार बसेको चिकित्सकहरुको नियमित बैठकमा निकै हल्लीखल्ली भयो । अस्पतालको नियमित बैठक नाइट डिउटीमा रहेका टिउटी अफिसर र नर्सिङ सुपरभाइजरले बिरामी हराएको कुरा जानकारी गराएको बुधबारको नेपाल समाचारपत्रमा खबर छ ।
ती बिरामी राती नै भगाई निजी अस्पतालमा पुर्याइएको हुनसक्ने आशंका गरी छानविन कार्यको थालनी भएको अस्पताल स्रोतले जनाएको छ ।