विदेश जाने युवाको संख्या दैनिक १५ सय !
२९ फागुन, काठमाण्डौं । रोजगारीका लागि विदेसिने युवाको संख्या दिन दिनै बढिरहेको छ । देशका आन्तरिक रोजगारी सिर्जना हुन नसक्दा अधिकांश युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएअनुसार आव २०६२/६३ मा दैनिक ५ सयको हाराहारीमा युवाहरु काम खोज्दै विदेश जाने गरेका थिए । तर पछिल्ला वर्षहरुमा दैनिक १ हजार ५ सयभन्दा बढी युवायुवतीहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । विभागका अनुसार आर्थिक बर्ष २०६२/६३ मा १ लाख ६५ हजार २ सय ५२ युवाहरु वैदेशिक रोजगारीमा गएका थिए । तर त्यसको ७ बर्षपछि विदेश जाने युवाहरुको संख्या झन्डै तीन गुणाले बढेको छ । विभागका अनुसार चालू आर्थिक बर्षको सात महिनामा २ लाख ११ हजार ९ सय ७ र गत आर्थिक बर्ष २०६८/६९ मा ३ लाख ८४ हजार ६ सय ६५ जना वैदेशिक रोजगारमा पुगेको खबर नेपाल समाचारपत्रले छापेको छ ।
विभागका अनुसार स्वदेशमा रोजगारी सिर्जना हुन नसकेपछि काम खोज्दै ३८ लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा पुगिसकेका छन् ।