१२ कक्षामा अध्ययनरत एक किशोरी कुलतमा फसेपछि ....
२९ फागुन, बुटबल । एसएलसी प्रथम श्रेणीमा पास भएपछि पुजा रानाले यहाँको प्रतिष्ठित प्लस टुमा महँगो शुल्क तिरेर व्यवस्थापनमा ‘प्लस टु’ पढ्न थालिन् । बाबु सानै उमेरमा बितेपछि छोरीको शिक्षादिक्षाकै लागि आमा रोजगारीका लागि इजरायल गइन् । आमा विदेसिएपछि घरमा हजुरआमाको रेखदेखमा बसेकी पुजा कक्षा १२ मा पुग्दा कुलतमा फसिन् ।
छोरीको पढाईकै लागि इजरायल हानिएकी आमाले पठाइदिएको पैसा पुजाका लागि लागुपदार्थमा खन्याएपछि उनको भविष्य अँध्यारोतिर धकेलिएको छ । स्कूलमा पढ्न गएकी नातिनीबारे धेरै सोधखोज नगर्ने हजुरआमाले केही समयअघि प्रहरीले लागुपदार्थसँगै पक्राउ गरेपछि छाँगाबाट खसेझैं भइन् । अहिले पुजाको पढाई कक्षा १२ मै रोकएकिो छ । बाबुआमा युके गएपछि हजुरआमाको रेखदेखमा ‘प्लस टु’ पढ्दै गरेकी दीक्षा सारुले पनि पढाई पूरा गर्न सकिनन् । युकेमा रहेका बाबुआमा, अस्ट्रेलियमा रहेका दाजु अहिले उनीसँग टाढिएका छन् ।
बाबुआमाको रेखदेख अभावमा किशोर-किशोरी लागुपदार्थको कुलतमा फस्ने क्रम दिनप्रतिदिन बढिरहेको मंगलबारको नागरिकमा खबर छ । केही वर्ष अघिसम्म किशोरमात्रै लागुपदार्थको कुलतमा फस्दै आएकोमा अहिले किशोरीको संख्या पनि बढिरहेको प्रहरीले जनाएको छ ।