सुरु भयो साईबर आक्रमण दक्षिण कोरियामा

सोल, चैत ७ (एपी) - दक्षिण कोरियामा बुधबार साइबर आक्रमण भएको अनुमान गरिएको छ। त्यहाँका प्रमुख प्रसारण संस्थाहरु र बैँकहरुका कम्प्युटर नेटवर्क ठप्प भएका छन्। प्रहरी र सरकारी एजेन्सीहरुले साइबर आक्रमणको शंकामा अनुसनधान गरिरहेका छन्। उत्तर कोरियाका वेबसाइटहरु दक्षिण कोरिया र अमेरिकाले गरेको साइबर आक्रमणका कारण बन्द भएको भनी प्योङयाङले लगाएको आरोपको केही दिनपछि यस्तो भएको हो। दुई देशबीच अहिले तनाव बढ्दो छ। दक्षिण कोरियाका दुई प्रसारण संस्था केबीसी र एमबीसीले अपराह्न दुई बजे आफूहरुको कम्पनीका सबै कम्प्युटरहरु बन्द भएको बताए। त्यसैगरी वाइटिएन केबल न्युज च्यानलले पनि आफूहरुको आन्तरिक कम्प्युटर नेटवर्क पूरै ठप्प भएको बताएको छ। भिडियो हेर्न तल क्लिक गर्नुहोला