रक्षा मन्त्रालय भवन परिसरसहितमा आत्मघाती विस्फोट, १८ मारिए


एजेन्सी, फाल्गुन २६ । अफगानिस्तानको राजधानी काबुलस्थित रक्षा मन्त्रालय भवन परिसर र अन्य शहरमा आज भएका छुट्टाछुट्टै आत्मघाती आक्रमणमापरी कम्तिमा १८ जना मारिएका छन् । रक्षा मन्त्रालयमा गराइएको विष्फोटमा मात्रै कम्तिमा नौ जना मारिएका छन् । विष्फोटमा २० भन्दा बढी घाईते भएका छन् ।



साइकलमा आएको आत्मघाती आक्रमणकारीले मन्त्रालयको मुल गेटमा विष्फोट गराएको अधिकारीहरुले जनाएका छन् ।

उता, खोष्ट शहर नजिक भएको अर्को आत्मघाती विष्फोटमा आठ बालबालिका र एक प्रहरी मारिएका छन् । घटनामा केही अफगान सैनिक घाईते भएका छन् ।

तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ । अमेरिकी रक्षामन्त्री चक हेगेल काबुल भ्रमणमा आएको बेला यी विष्फोट भएका हुन् ।