आमिरसँग लामो किस दिने अनुष्का इन्टरनेटमा चर्चित

अनुष्का शर्माले ‘रब ने बनादी जोडी’ मा नायक साहरुख खानसँग अभिनय गर्दा कसैले पनि सोचेका थिएनन् होला कि उनी बोल्ड नायिकाको रुपमा उदाउँछिन् । तर सोझी अनुष्का अहिले लिप किस दिन र बिकिनी लगाउन माहिर मानिएकी छिन् ।



उनै नायिकाले नायक आमिर खानसँग बलिउडकै इतिहासमा सबैभन्दा लामो लिप किसको सिन दिने भएकी छिन् । छायांकनमा रहेको चलचित्र ‘पिके’ मा अनुष्का र आमिरले सबैभन्दा लामो किसको दृश्य दिनका लागेका हुन् । यि दुइले दिने लिप किस बलिउड चलचित्रमा समावेश अहिलेसम्मकै लामो हुने बताइएको छ ।

आमिरले यसअघि चलचित्र ‘थ्री इडियट्स’ मा नायिका करिना कपुरसँग लिप किस दिइसकेका छन् । यसैबिच अनुष्का शर्माले इन्टरनेट खोजीमा अन्य नायिकालाई उछिनेकी छिन् । डिसेम्बर र जनवरी महिनामा अनुष्काको खोजी इन्टरनेटमा सबैभन्दा बढी भएको छ । यस्तै यो सूचिमा नायक सलमान खान परेका छन् । सलमान र अनुष्कालाई अहिले इन्टरनेट किङ र क्विन उपनामले समेत चिनिन थालिएको छ ।