विवादपछि सेनाद्धारा १५ राउण्ड फायर,कावासोती आतंकित

फाल्गुन २७ – चितवन निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ति टोलिले गएराति कावासोती गाविस-१ नजिक बस्तिमा स्थानीयसँग विवादपछि झगडा पछि १५ राउण्ड हवाई फायर गरेको छ । त्यसपछि स्थानियहरु आतंकित भएका छन् ।



त्यसक्रममा सेना का एक जम्दार सहित अर्का एक घाइते भएका छन । उनिहरुको कावासोती कालिगण्डकी अस्पतालमा उपचार भएको छ ।

निकुन्ज सुरक्षाका लागि खटिएको रणदल गुल्मका सिपाहिले सांझ ७ बजेतिर मुसहर बस्तिमा हवाई फायर गरेको स्थानिय तिर्थ चापागाईले बताए । हवाई फायर पछि स्थानिय युवाहरु राति नै गाउ छोडेर झागेका छन् । उनिहरु फेरी सेना आएर कुटपिट गर्ला भन्ने त्रासले भागेको हुन सक्ने चापागाइको भनाई छ ।

स्थानियहरुले गस्तिमा आएको सेना ले मदिरा सेवन गरेर होहल्ला गरेपछि युवाहरुले प्रतिवाद गर्न खोज्दा सेना ले एक्कासी फायर खोलेको बताए ।

घटनास्थलमा पुगेको कावासोती प्रहरीले १५ राण्ड फायर भएको जानकारी दिदै ४ वटा गोलिका खोका फेला पारेको जनायो । ३ वटा एसएलआर र १ वटा इन्सास राईफको रहेको छ ।

त्यहाका मेजर शुशिल थापाले आफु काठमाण्डौवाट अहिले फर्किदै गरेकाले केहि घण्टापछि त्यसवारेमा भन्न सक्ने टेलिफोनमा बताए । नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारीले त्यसवारेमा आफुलाई बिहान सम्म कुनै जानकारी नभएको बताए ।

घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरिक्षक उमेश लम्साल अहिले बिहान ८ बजेसम्मपनि सम्पर्कमा आउन चाहेनन् ।

माछामार्ने र खरखडाई खुल्दाकै अबस्थादेखि स्थानिय मुसहर बस्तिका बिपन्नहरु र सेना का टोलिबिच सधै खचपच र गालिगौलज हुन्थ्यो । सेना ले माछामार्न नदिने र उनिहरुले आफुहरुको जिवन यापनको माध्यम नै त्यहि भएकाले पाउन’ पर्ने माग बिगत देखि नै थियो । जानेको जाली खोस्ने र भगाउने गथ्र्यो ।

तर सेना को एक उच्च श्रोतले मुसहर गाउमा पानी खान गएका सेना का जम्दारमाथि स्थानियले एक्कासी आक्रमण गरेपछि फायर खोलेको जनाए ।