एक सेकेण्डमै ध्वस्त भयो ७७ वर्षको पुल (फोटोफिचर र भिडियोसहित)




७७ वर्षअघि बनेको मजबुत पुल १ सेकेण्ड भन्दा पनि कम समयमै ध्वस्त भयो । सुन्दै अनौठो लाग्छ भने देख्दा छन् कस्तो विचित्र लाग्ला ? हो अमेरिकाको टेक्सास स्थित मार्बल फल्स बि्रज ध्वस्त हुन एक सेकेण्ड पनि लागेन । ९५० फिट लामो यो स्टिलको पुल बिहान ८ बजेर ७ मिनेटको समयमा ध्वस्त बनाइएको हो । पुलमा शक्तिशाली विस्फोटन गराइएपछि त्यो ध्वस्त हुन एक सेकेण्ड पनि लागेन । पुल ध्वस्त भएर पानीमा डुबेसँगै तालबाट कालो मुस्लो निस्किएको थियो ।





त्यो पुरानो पुल भत्काएर नयाँ दुइ लेनको पुल बनाउने परियोजना अन्तरगत पुरानो पुल विस्फोट गराएर भत्काइएको हो । शक्तिशाली विस्फोटबाट क्षति नपुगोस् भनेर सावधानी अपनाइएको भएपनि केही विद्युतिय लाइन तथा फोन लाइनमा असर पुगेको थियो । पुल ध्वस्त बनाउने भनेपछि त्यो दृश्य हेर्न हजारौँ मानिस त्यहाँ भेला भएका थिए ।







पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्