सेन्चुरीसको सिन्के चाउचाउ नबेच्न निर्देशन

११ चैत, काठमाडौं । वाणिज्य विभागले सेन्चुरी नुडल्सको सिन्के चाउचाउ विक्री नगर्न निर्देशन दिएको छ । आइतबार विभागबाट बजार अनुगमनमा खटिएको टोलीले चाउचाउमा ब्याच नम्वर र एम.आर.पी. अंकित नगरेको भेटाएपछि विक्री नगर्न निर्देशन दिएको हो ।

विभागले ललितपुरमा संचालित राजधानी स्टोरमा अनुगमन गर्दा चाउचाउ मापदण्ड विपरित उत्पादन तथा विक्री वितरण गरेको फेला पारेको थियो । विभागका तथ्याङ्क अधिकृत झविन्द्र प्रसाद पाण्डेको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त निर्देशन दिएको हो ।