के छापियो शुक्रबारका दैनिक पत्रकामा ?

आज मिति २०६९ साल फागुन महिनाको २५ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन अन्तिम चरणमा पुगेको नेताहरुले दाबी गरेको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै सहिदको सूचिमा एक सय २७ जना थपिएको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।