सि जिनपिङलाई चीनले छान्यो नयाँ राष्ट्रपति

चैत्र १ – विश्व शक्तिमान राष्ट्रका रुपमा उदाउँदै गरेको छिमेकी राष्ट्र चीनको नयाँ राष्ट्रपतिमा चिनियाँ कम्यूनिष्ट पार्टीका महासचिव सि जिनपिङ नियुक्त भएका छन् ।

१०–१० वर्षमा हुने सत्ता हस्तान्तरण प्रक्रिया अनुसार उनी आगामी १० वर्षका लागि संसदद्वारा नयाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका प्रमुखका रुपमा नियुक्त भएका हुन् ।


१२ औं चिनिया पिपुल्स कँग्रेसमा सहभागी झण्डै ३ हजार प्रतिनिधिले सीलाई गत नोभेम्बरमा कम्यूनिष्ट पार्टीको महासचिवमा चयन गरेका थिए ।