आफ्नो विवादास्पद अभिव्यक्तिको खण्डन गर्दै सन्नी

पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लिओनले आफ्नो विवादास्पद अभिव्यक्तिको खण्डन गरेकी छन् । केही दिन अघि उनले बलात्कार अपराध होइन भन्ने अभोव्यक्ति सार्वजनिक गरेर विवादमा आएकी थिइन् ।







गत महिना दिल्लीमा भएको सामूहिक बलात्कार र त्यसपछिका घटनाका बारेमा बलिउडका कलाकारले पनि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने क्रमलाई निरन्तरता दिएका थिए । सन्नीले भने 'बलत्कार अपराध होइन सरप्राइज सेक्स हो' भनेर ट्विट गरेको बताइएको छ । ट्विटरमा उनलाई पछ्याउनेहरुले उनको भनाइलाई रिट्विट गर्न सुरु गरेका थिए । केही सञ्चारमाध्यामका अनुसार उनले ट्विट गरेकोकेही समयमा नै आफ्नो भनाई डिलिट गरेकी थिइन् ।



तर सन्नी अहिले आफूले यस्तो ट्विट नगरेको बताउन थालेकी छन् । उनले भनेकी छ, 'जसले यो प्रतिक्रियाको बारेमा बोल्यो त्यो गलत हो, मैले त्यसतो टिप्पणी गरेको छैन् ।' ट्वटरमा यस्तो अभिव्यक्ति आउनुको काराण रियालिटी सो बिग बोसका एक सहभागी एवं चलचित्र निर्माता कमाल आर खान भएको सन्नीको भनाई छ ।