लिङ्ग चाहेको बेलामा बढी उत्तेजित हुन नसक्नुका कारणहरु (भिडियो सहित)
तपाईंले जस्तो चाहिएको बेलामा चाहेको जस्तो गरेर लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा राख्न नसक्ने समस्यालाई इम्पोटेन्स वा इरेक्टायल डिसफंक्सन भनिन्छ। राम्रोसँग लिङ्ग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ। मानिस यन्त्र नभएकाले उसका कार्यहरू एकैनासका हुँदैनन्। लिङ्गको दह्रोपनका लागि मानसिक पक्ष एकदमै महत्वपूर्ण हुन्छ। सबैजसो पुरुषले जीवनमा कुनै न कुनै बेला लिङ्ग उत्तेजना हुन अपठयारो भएको वा कडापन कम भएको महसुस गरेको हुन्छ। हुन त लिङ्ग उत्तेजित हुन नसक्ने थुप्रै कारण हुन सक्छन्।

हस्तमैथुन गर्दा लिङ्ग राम्रोसँग उत्तेजित भएको भए शारीरिक पक्ष ठीकै भएको देखिन्छ। एकपल्ट मात्र तपाईंको लिङ्ग उत्तेजित हुन समस्या देखिएकाले खासै चिन्ता गर्नुपर्ला जस्तो लाग्दैन। तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। कडा सामाजिक बन्देज भएकाले अविवाहित यौनसम्बन्ध राख्दा वा प्रयास गर्दा एक किसिमको तनाव त हुन्छ नै। समाजवाट लुक्नुपर्ने मात्र होइन, मनमा पनि द्वन्द्वात्मक स्थिति हुन सक्छ। त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुनसक्छ।यसरी अनपेक्षित रूपमा लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन्छ, त्यसमा पनि पहिलो यौनसम्पर्कमै। यस्तो स्थितिलाई पर्फर्मेन्स एङ्ग्जायटि भनिन्छ। मुख्य कुरा तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ। आत्मविश्वास बढाउने कार्यतिर लाग्नुपर्छ। यौ नसाथीसँग लिङ्ग उत्तेजित हुने गरेर यौनसम्पर्क रहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ। दुवैले आफ्नै समस्या हो भन्ने मानेर समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे समस्या समाधान गर्न सकिन्छ। समस्या कायम रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ताकि समस्याको सही निदान र त्यसैअनुसारको उपचार खोज्न सकियोस पुरा भिडियो हेर्नुहोस

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं