पत्रकार डेकेन्द्रका हत्यारालाई सर्बस्व सहित जन्मकैद

झापाका पत्रकार यादब पौडेल हत्याका मुख्य अभियुक्त युवराज गिरीलाई जिल्ला अदालत झापाले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।



न्यायाधीस गिरीराज गौतमको इजलासले पत्रकार पौडेलको हत्यामा होटल ब्यबसायी गिरीको संलग्नता पुष्टि गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।



हत्याका अभियुक्तहरु मञ्जु ढकाललाई ३ बर्ष, सोमनाथ ढकाललाई १ बर्ष र मदन राईलाई ६ महिनाको कैद तोकेको छ । पत्रकार पौडेलको गएको च्ौत २१ गते मध्यराति बिर्तामोडस्थित होटल पूर्वाञ्चल सेकुवा कर्नरको दुइतल्ला माथिबाट खसालेर हत्या गरिएको थियो ।