घरको काम खोज्दा बेश्यालयको नियुक्तिपत्र !

नेपालमा बेरोजगारहरुको संख्या बढ्दो छ । नेपाल मात्र हैन, जमर्नीमा पनि बरोजगारहरु रोजगारीका लागि भौतारिरहेका छन् । तपाईले रोजगारी पाउँ भन्दै दिएको निवेदनमा वेश्यालयमा काम गर्ने नियुक्त पत्र आए के भन्नुहुन्छ ?

जागिर खोजिदिने एक केन्द्रले घरको काम खोजिरहेकी एक युवतीलाई वेश्यालयमा काम गर्ने प्रस्ताव घरमा नै पठाएको छ । १९ वर्षीय किशोरीको आमा छोरीका लागि आएको नियुक्ति पत्र देखेर हैरान भएकी छिन् । ‘म घरको रेखदेख गर्ने कामको खोजीमा थिएँ, न कि कुनै वेश्यालयको नोकरीको’ उक्त युवतीले स्थानीय पत्रिकालाई भनेकी छिन्–‘चिठ्ठी पढेर म स्तब्ध भएँ । मेरी आमा त जोडले चिच्याउनु भयो ।’

पछि जागिर खोजिदिने उक्त केन्द्रले माफी मागेको छ । चिठ्ठी पठाउनु अघि यवुतीलाई नसोध्नु गल्ती भएको उक्त केन्द्रका प्रमुखले स्वीकार गरेका छन् । जर्मनीमा देह ब्यपार एक कानूनी व्यवसाय हो ।