कोरियामा रोजगारिको थप अवसर

१४ फागुन, काठमाण्डौं । नेपाली कामदारका लागि आकर्षक रोजगारकिो गन्तव्य बन्दै गएको दक्षिण कोरियामा नेपालीका लागि थप रोजगारीको अवसर सिर्जना भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुअघि कोरिया गई कानुनी रुपमा बसेर फर्किएकाहरु पुनः जान चाहेमा भाषा परीक्षा पास गरेमा कोरिया जान पाउने भएपछि रोजगारीको थप अवसर खुलेको हो ।



कोरियामा काम गरेर फर्किएका कामदार पुनः पठाउन श्रम तथा रोजगार मन्त्रालय र कोरिया सरकारबीच फेबु्रअरी १५ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझादारी पत्रमा ईपीएसअन्तर्गत पुनः रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरीपछि भीसा अवधिभित्रै नेपाल फर्केका कामदार पुनः कोरिया जान पाउने खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।



त्यस्तै कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको तथा नेपालबाट अन्य मुलुकमा जान रो नलगाएकाहरु पुनः कोरिया जान पाउने वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ ।