५ महिना फेसबुक नचलाउने शर्तमा एक किशोरीले बाबुसँग लिइन् २ सय डलर...(सम्झौतापत्रसहित)

फेसबुक इन्टरनेट पौच भएका हरकोहीको आवश्यकता बनिसकेको छ । फेसबुकमा साथीहरू खोज्ने, नयाँ साथी बनाउने, साथीहरूसँग गफ गर्ने त सामान्य भइसकेको छ । मानिस सकेसम्म फेसबुकबाट टाढा रहन चाहँदैन पनि । फेसबुक प्रयोग गर्न थालेका मानिसलाई यसबाट टाढा राख्नु सहज छैन् तर एक १४ वर्षीय रिचेल बेयरले भने आफूले ५ महिनासम्म फेसबुक नचलाउने बताएकी छिन् । यसका लागी उनले आफ्नो बाबुसँग २ सय डलरको माग समेत गरेकी छीन् । आखिर उनी पनि फेसबुकबाट धेरै टाढा रहन चाहन्नथिन् तर बाबुले ५ महिना फेसबुक नचलाए २ सय डलर दिन सहमत भएपछी उनले अब पाँच महिना फेसबुक नचलाउने भएकी हुन् ।
उनका बाबु र उनीबिच यसा लागि सम्झौता समेत भएको छ । उनले ५ महिना फेसबुक नचलाए वापत उनलाई उनका बाबुले २ सय डलर दिनेछन् । उनलाई सम्झौता गरेको दिनमा ५० डलर उनका बाबुले दिई पनि सकेका छन् भने बाँकी १ सय ५० डलर भने उनले ५ महिनापछी मात्र पाउने छिन् । उनीहरुको सम्झौता अनुसार किशोरीको फेसबुकमा पूर्ण रूपमा उनका बाबुको स्वामित्व रहने छ । उनका बाबुले फेसबुकका पासवर्ड परिवर्तन गर्ने, अन्य काम गर्ने वा त्यसलाई डिएक्टिभेट समेत गर्न सक्नेछन् । स्रोतका अनुसार उनले यसका लागी पहिले ७० डलर मागेकी थिइन् तर कसैले उनलाई पाँच महिना भनेको लामो समय भएको बताउँदै २ सय डलर माग्न उक्साएका थिए र उनले पनि यसलाई सही भएको बताउँदै २ सय डलरको माग गरेकी हुन् । हेरौ बाबु र छोरीबिचको सम्झौतापत्र... -->