तालिवान विद्रोही र पाकिस्तानी सुरक्षाकर्मीबिच भिडन्त, १८ जनाको मृत्‍यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तालिवान विद्रोहीले सुरक्षाकर्मी माथी भिषण आक्रमण गरेका छन् ।

आक्रमणमा १८ जनाको ज्यान गएको छ । खैबर पख्तुन्ख्वाको सेराई नौरङमा रहेको सेनाको क्याम्पमा शनिबार बिहान चार बजेतिर विद्रोहीले स्वचालित हतियार र ग्रेनेड आक्रमण गरेपछि भीडन्त भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा ६ जना सैनिक र १२ जना विद्रोही छन् ।

घटनामा ८ जना सैनिक घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी हाङ्गु क्षेत्रमा शुक्रबार शिया मुस्लिम समुदायमाथि भएको आक्रमणमा २३ जनाको ज्यान गएको थियो भने ५० जना घाइते भएका छन् । तालिवानी विद्रोहीका प्रवक्ताले दुवै घटनाको जिम्मेवारी लिएको समाचार संस्था एपीले जनाएको छ ।