समलिंगीको आंशकामा अमेरिकामा कुकुरलाई घर निकाला

अमेरिकाको टेनेसी राज्यका एक नागरिकले आफूले पालेको कुकुर समलिंगी भएको आंशकामा घर निकाला गरेका छन्।

कुकुरका मालिकले आफैँले पालेको कुकुर समलिंगी भएको आशंकामा घरबाट निकाला गरेका हुन् । एल्टन नामगरेको कुकुरलाई कुकुरमालिकले दिनभर भुस्याहा कुकुरको पछि दौडिराखेको अरोप लगाउँदै घरबाट निकाला गरेको विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेका छन् । कुकुरका मालिकले उक्त कुकुरकै कारण घरको वातावरण खराब बन्दै गएको समेत बताएका छन् ।

कुकुर मालिकले कुकुरलाई डग सेल्टर होममा अपठाएका हुन् । कुकुरका धनीलाई उद्धृत गर्दे समाचार संस्थाहरुले लेखका छन् ‘बिहान उठेदेखि एल्टन खराब चरित्रका कुकुरको पछि लाग्ने र झगडा गरेर दिक्क लाउँने गथ्र्यो ।’ कुकुरका मालिकले कुकुरको दैनिक व्यवहारको अध्ययनबाट उ समलिङ्गी भएको प्रष्ट थाहापाएपछि डग सेल्टरमा पुर्याएको बताएका छन् ।

डग सेल्टरका मालिकले समेत उक्त कुकुरले समलिंगीको व्यवहार गरेको भन्दै मृत्यु दण्ड दिने निर्णय गरेको कुरा उल्लेख गरिएको छ । कुकुरलाई मृत्यु दण्डदिने खबर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि मृत्युदण्डबाट भने उक्त कुकुर बचेको छ ।