साच्चै नै प्रेम अन्धो हुदो रहेछ ।हेर्नुस् त?


भनिन्छ माया भन्ने चिज अन्धो हुन्छ, यसको कुनै सीमा हुदैन नत यसले जात हेर्छ नत धनी गरीब नै । माया कसैसंग पनि र जहिले पनि बस्न सक्छ । आफुले माया गर्ने मान्छेसंग आफ्नो जीवन विताउन नपाउदा त्यो मान्छे पागल नै हुने गर्छ । तर माया कहिल्यै यस्तो ठाउमा गएर अड्किन्छ कि जसको कुनै समाधान हुदैन । यस्तै एक युवक आफ्नै बहिनी पर्ने एक युवतीको मायामा पागल भएका छन् । तर ती बहिनीसंग बिवाह गर्न नहुने भएका कारण ती युवतीको हत्या गरी आफु पनि आत्महत्या गरेका छन् ।

मर्नुभन्दा पहिले ती युवकले एक सुसाइड नोटमा अर्को जन्ममा हामीलाई दिदी भाइ नबनाउन भगवान्लाई आग्रह गरेका छन् । लखीमपुर खीरीमा गोला गोकर्णनाथको मोहल्ला ऊंची भूडमा रहने एक युवकले आफ्नो बहिनी पर्नेलाई दाउले काटेर हत्या गरिदिएको हो । त्यसपछि ती युवकले शहर भन्दा टाढा गइ एक रुखमा फासी लगाएर आफ्नो पनि ज्यान दिएका थिए । दुवै बीच प्रेम सम्बन्ध चलिरहेको थियो तर यो सम्बन्ध विवाहको लागि सम्भव नभएका कारण ती युवकले यस्तो कदम उठाएका हुन् ।

सो घटना युवकको जेबबाट भेटाएको सुसाइड नोटबाट खुलासा भएको हो । बजाज चीनी मिलमा काम गर्ने ३० वर्षीय सुरेन्द्रले आफ्नो बहिनी पर्नेलाई २२ वर्षीय नीलूको कोठामा गएर उनको हत्या गरिदिएको थियो । सो घटनाको बारेमा उनको परिवारजनलाई राती थाहा भएको थियो भने प्रहरीलाई विहान सुचना दिएका थिए । युवतीको बुवा फूलचन्द्र र मृतकको भाइ राजकुमारको सुचनाको आधारमा दुवै शवलाई पोस्टमार्टमको लागि पठाइएको छ ।












पुरा भिडियोसहित हेर्नुहोस् ।