अपहरणकारी र प्रहरी बिच दोहोरो भिडन्त; दुई अपहरणकारीको मृत्यु, दुई प्रहरी घाइते!
वीरगञ्ज, माघ २२ - नौ दिनअघि वीरगञ्जको आदर्शनगरबाट अपहरित ८ वर्षीय बालक सुलोक अग्रवाललाई आज प्रहरीले सकुशल उद्धार गरेको छ। उनलाई मुक्त गर्ने क्रममा आज बिहान अपहरणकारी र प्रहरीबीच भएको भिडन्तमा दुई जना अपहरणकारीको मृत्यु भएको एसपी पिताम्बर अधिकारीले जनाए।
भिडन्तमा घाइते भएका भेडिहारी निवासी २२ वर्षीय सञ्जय गिरी र हरपुर गाउँ निवासी विन्देश्वरको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।
भेडियारी ९ स्थित रामनाथ गिरीको घरमा एसपी अधिकारी नेतृत्वमा गएको टोलीले आज बिहान ४ बजे छापा मारेको हो। भिडन्तका क्रममा दुई प्रहरीसमेत घाइते भएका छन्। घाइते प्रहरी सूर्यबहादुर तामाङ र बाधाबहादुर थापाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका ६ जनालाई सार्वजनिक गरेको छ। त्यसमा बालककै काका नाता पर्ने कुणाल अग्रवाल पनि रहेका छन्। उनकै योजनामा अपहरण भएको प्रहरी दावी छ।
अशोक अग्रवालका छोरा सुलोक भारतको एक विद्यालयमा पढ्थे। वैवाहिक कार्यक्रममा सहभागी हुन वीरगन्ज आएको बेला माघ १३ गते राति उनको अपहरण भएको थियो।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं